बन्दकर्ताले गरे टिप्परमा आगजनी

Nepal Cover
७ भाद्र २०७९, मंगलवार
image

काठमाडौं । बन्धकर्ताले दाङमा बिहानै गाडीमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका छन् ।

चाररपाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । उनकाअनुसार घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी शुरु गरेको छ ।

विप्लव’को नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।