एकैपटक २ मन्त्री र ३ सचिवको विदेश भ्रमणलाई स्वीकृत

  Sampatti News Online

August 23, 2022

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई रसियामा भदौ २० देखि २३ गतेसम्म हुने दोस्रो टाइगर फोरम सम्बन्धी कार्यक्रममा भाग लिन स्वीकृति दिएका छन् । मन्त्री यादवसँगै सचिव प्रेम नारायण कँडेललाई पनि स्वीकृति दिएको छ ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीलाई भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बन्धी कार्यक्रममा भाग लिन मन्त्रिपरिषदले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

सचिव रामप्रसाद थपलियालाई बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन मन्त्रिपरिषदले स्वीकृति दिएका छन् ।

प्रकाशित मिति:August 23, 2022