महाकाली नदीमा एक बालिका बेपत्ता

  Sampatti News Online

August 24, 2022

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिनुभयो । “बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।” उहाँले भन्नुभयो ।

प्रकाशित मिति:August 24, 2022