नक्सा पास नभए डोजर चल्छः मेयर बालेन

Nepal Cover
८ भाद्र २०७९, बुधबार
image

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँ जिल्ला अदालतमा डोजर चल्ने बताएको छ । उनले भने कानुन सबैलाई बराबरी लाग्ने भन्दै अदालतलाई आफूले समय दिएको बताए ।

बुधबार उनको नेतृत्वमा काठमाडौँमा पार्किङका लागि नक्सा पास गरी बनाएका अनधिकृत भौतिक संरचनामा डोजर चलाएका थिए । सोही क्रममा उनले स्थानीयसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइए भत्काउने बताए ।

‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो,’ उनले भने, ‘हामीले जिल्ला अदालतलाई समय दिएका छौँ, जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि हुने यही हो ।’