मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

Nepal Cover
१० भाद्र २०७९, शुक्रबार
image

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको छ ।

घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ बर्षीय पुरुष रहेको छ । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

गएराती १० बजे कुलपातेबाट दिपायल तर्फ आँउदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।