मतपेटिका खरिद नगर्न निर्वाचन आयोगलाई उच्च अदालतकाे आदेश

Nepal Cover
१६ भाद्र २०७९, बिहीबार
image

काठमडौँ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेका छन्।

न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुने र नहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरूलाई जानकारी दिनुहोला ।’

आदेशमा अगाडि भनिएको छ, ‘त्यस अवधिसम्म निर्वाचन आयोगको मतपेटिका आयात र वितरणको बोलपत्रसम्बन्धी कामकारबाही हाल जे, जुन अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’ मतपेटिका खरिदको बाँकी प्रक्रिया के हुने भन्नेबारे भदौ १९ मा निर्णय हुनेछ।