इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै

  Sampatti News Online

September 1, 2022

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले इच्छाराज तामाङविरुद्ध केही बेरमा मुद्दा दायर गर्न लागेको स्रोतलाई जानकारी प्राप्त भएका छन् ।

सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गर्न लागेका छन् ।

विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको, तामाङले साढे ५ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको स्रोत देखाउन नसकेको र सो रकम सिभिल सहकारी संस्थाबाट ठगी गरेर आर्जन गरेको पाइएको स्रोतको भनाई छ ।

तामाङले सर्वसाधारणको बचत रकम आफूखुसी चलाएर दुरुपयोग गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गत वर्षको असोज १८ गते उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । तामाङसहित १२ जना विरुद्ध परेको उजुरीमा उनकी श्रीमती सिर्जना शाक्यलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ ।

तामाङले सहकारीमा जम्मा भएको रकम आफ्नो २२ भन्दा बढी डमी कम्पनी खडा गरी लगानी गर्ने र त्यस्तो लगानीबाट आफूले मात्रै लाभ लिने गरेको सीआईबीले गरेको अनुसन्धानले देखाएको छ । यस्ता कम्पनीहरूबाट तामाङले गैरकानुनी रूपमा तलब तथा भत्ता समेत लिने गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

आफूहरुको रकम हिनामिना गरको भन्दै सहकारीका रकम बचत राखेका १५३० जनाले सीआईबीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति:September 1, 2022