होर्डिङ बोर्ड पनि हटाउने बालेनको निर्देशन

  Sampatti News Online

September 1, 2022

काठमाडौं, भदौ १६ गते । अवैध संरचना हटाउने क्रममा अब काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउने भएका छन् ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान जारी राख्नु भएका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अब होर्डिङ बोर्ड हटाउन लागनु भएको हो ।

बालेनको निर्देशनमा महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउने भएको छ ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जानकारी गरायो । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ ।

महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गरेर अभियान शुरु गरेको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरेको भन्दै बन्द गरिएको हो ।

प्रकाशित मिति:September 1, 2022