काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्तपालले करार सेवामा नर्सको माग गरेका छन्। अस्पतालले सघन उपचारकक्ष विस्तारका लागि २० जना नर्स माग गरेको हो ।
नयाँ आर्थिक वर्षमा स्वीकृत दरबन्दी अनुसार पदपूर्ति समितिको भदौ १६ गतेको निर्णयअनुसार नर्सका लागि आवेदन खुल्ला गरिएको अस्पतालले जानकारी दिएको छ।
जनरल नर्सिङ समूहतर्फ पाचौँ तहमा स्टाफ नर्स माग गरेको हो। योग्यता पुगेका इच्छुकलाई भदौ ३१ गतेभित्र निवेदन दिन भनिएको छ।