डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले वृद्धि, पेट्रोलको भने यथावत

  Sampatti News Online

September 2, 2022

काठमाडौं । सेप्टेम्बर १ मा आईओसीबाट मूल्य बढेर आएपछि नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । यसअघि तीनपटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।

जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेका छन् ।

प्रकाशित मिति:September 2, 2022