योग ध्यान अब पाठ्यसामग्रीमा समेटन जरुरीः गुरु एलपी भानु शर्मा

  Sampatti News Online

September 4, 2022

एलिजा लामिछाने बाट

ललितपुर ।गौतम बुद्ध जिवनयोग प्रयोगशाला ललितपुरको आयोजना र जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका ललितपुरको सहकार्यमा सम्पन्न भएको समृद्ध जीवनका लागि तनाव व्यवस्थापन एकदिने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम ललितपुर जिल्ला भरिका सरकारी कर्मचारीलाई लक्ष्यित गरिएको भएपनि कार्यक्रममा उपत्यका बाहिरका सरकारी राष्ट्रसेवक कर्मचारीको बाक्लो सहभागी रहेको थियो ।

कार्यक्रममा जीवन योग विज्ञान प्रयोगशालाका संस्थापक,जीवन बिकास विशेषज्ञ गुरु एलपी भानु शर्माले अत्यन्तै सरलताका साथ सहभागीलाई जीवन उपयोगी प्रवचन तथा योग ध्यान गराउनु भएको थियो भने अब योग ध्यान पाठ्यसामग्री मै समेटन सरोकारवालालाई ध्यानाकषिर्त समेत गराउनु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि अर्थमन्त्री जनार्दन शर्माले अब पाठ्यसामग्रीमा समेत योग ध्यानको बिषय समेटेर जीवन उपयोगी पाठ्यसामग्री बनाउनुपर्ने गुरु शर्मा अनि सहभागीले राखेका जिज्ञासालाई जवाफ दिदैआफनो धारणा राख्नु भएको थियो भने अर्थ मन्त्री शर्मा दिनभर नै कार्यक्रममा सहभागी हुनुभएको थियो।

त्यसै गरि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वस्थ जिवनको निम्ति ध्यान योग अपरिहार्य रहेको बताउदै ललितपुर जिल्लामा भएको यस कार्यक्रम बाट जिल्लाभर सेवारत राष्ट्रसेवकहरुलाई फाइदा पुगेको बताउदै आयोजक लाई धन्यवाद सहित सहभागीलाई स्वागत गर्नुभएको थियो ।

गौतम बुद्ध जिवनयोग प्रयोगशाला ललितपुरका सल्लाहकार एवं नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्दप्रसाद चौलागाईंले जीवन उपयोगी यो कार्यक्रमको भावलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा फैलाउले उद्देश्यबाट आयोजित कार्यक्रम भएकोले अब सबै मिलेर अभियानकासाथ अगाडि बढन आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नाष्टका अध्यक्ष डा. खगराज बराल नेपाल सरकारका खेलकुद सचिब दामोदर रेग्मी कार्यक्रमका सभापति एकनारायण काफ्ले लगाएतले पनि बिषयवस्तुमा केन्द्रित रहेर आ-आफ्नो धारणा राख्नु भएको थियो।

ललितपुर सानेपा स्थित डि.ए.भि. स्कुलको सभाहलमा भएको यस् कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ ब्यक्ति ,न्याय क्षेत्रका माननीय न्यायाधीशहरु सुरक्षा निकायका ब्यक्तित्वहरु, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सुचना तथा प्रसारण बिभागका महानिर्देशक गोगनबहादुर हमाल लगाएत विभिन्न क्षेत्रका बिशिस्ट ब्यक्तित्वहरु सहित पाँच सय भन्दा बढीको उपस्थिति रहेको सस्थाका कोषाध्यक्ष मनोज थापाले सम्पति न्युजलाई बताउनुभयो ।

कार्यक्रम सुरुआत अगाडि सस्थाका सचिब शम्भु भण्डारीले कार्यक्रमको बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो।

कार्यक्रमको संचालन सस्थाका कर्णपृयशब्द कि धनी प्रशिक्षक रिता न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा माननीय अर्थ मन्त्री जनार्दन शर्मा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरू , प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्तेन, ललितपुरका प्रजिअ घनश्याम उपाध्याय ,रातोपाटिका सस्थापक अध्यक्ष ॐ शर्मा लगायत ध्यानसंग साक्षत्कार गर्दै।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ घनश्याम उपाध्याय

प्रकाशित मिति:September 4, 2022