तालाबन्दी तोड्ने स्थानीयको चेतावनी “त्रिभुवन विश्वविद्यालय”

  Sampatti News Online

September 4, 2022

काठमाडौं । महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयले दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएको हो । एक साताअघि त्रिविको ताला खोल्न माग गर्दै पत्र टाँसेका स्थानीयले तालाबन्दी गर्ने सरकारआबद्ध नेपाल विद्यार्थी संघलाई दुई दिनभित्र ताला खोल्न अल्टिमेटम दिएका छन् ।

स्थानीय देव महर्जनले ताला नखोले कीर्तिपुवासीले ताला खोल्ने जानकारी दिँदै नेपाल समाचापत्रसँग भन्नुभयो– ‘परापूर्वकालदेखि हामी हिंड्ने बाटोमा ज्यानको जोखिम बढेकाले विभिन्न निकायलाई तत्काल ताला खोलेर बाटो खाली गर्न आग्रह गरिसकेका छौं । स्थानीयले बिहीबार कीर्तिपुरका नेपाली कांग्रेसका नेतासँग छलफल पनि गरिसकेका छन् । उनीहरूले एकदुई दिन भनेका कारण कुरिरहेका छौं ।’

३ वर्षमा ३ महिना बढी तालाबन्दी हँुदासमेत चुप लागेर बस्ने त्रिविका पदाधिकारीले यस्तो गम्भीर विषयमा खासै ध्यान नदिएको आरोप लगाउँदै महर्जनले भन्नुभयो– ‘अब अति भयो, नेविसंघ र कांग्रेसका नेताहरूको आग्रहमा सोमबारसम्म कुर्नेछौं, नभए मंगलबार बिहान कीर्तिपुरका स्थानीयवासी सबै भेला भएर ताला फोड्नेछौं । हामीले ताला फोडेपछि वा नेविसंघले खोलेमा फेरि कहिल्यै पनि बन्द गर्न दिनेवाला छैनौं ।’

उहाँले कांग्रेसले त्रिविमा सधैं हड्ताल गर्न लगाएर त्रिवि बेच्ने षड्यन्त्र गरेको आरोप लगाउँदै भन्नुभयो– ‘त्यसो होइन भने पदाधिकारीकै लागि किन यति लामो समयदेखि तालाबन्दी हुन्छ त रु’ नेविसंघका अध्यक्ष वाङजु शेर्पालाई ताला खोल्न आग्रह गर्दा बसेर कुरा गर्ने भनेको पनि तीन दिन भइसकेको जानकारी दिँदै स्थानीय महर्जनले भन्नुभयो– ‘स्थानीयले बाटो बन्द भएको विषयमा सुरक्षा निकायलाई जानकारी गराइसकेको थियो । तर, सुरक्षा निकाय सरकारप्रति मात्र प्रतिबद्ध भएका कारण समस्या परेको हो ।’

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सरकारले त्रिविको सुरक्षालाई बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले ताला फोड्नुप¥यो भन्दासमेत प्रहरीले वास्ता गदैनन्, हुँदाहुँदै त्रिविको कागजात लुट्ने विद्यार्थी नेतालाई पक्राउ गर्न जाहेरी दिँदा समेत जाहेर लिँदैनन् । यस्तो अवस्थामा सरकारबाट के अपेक्षा गर्ने रु भन्ने विषय उठ्न थालेको छ ।’

कुलपति एवं प्रधानमन्त्रीले तत्काल ताला खोल्नु भन्ने आदेश दिँदा पनि ताला नखुल्नुको कारण बुझ्न नसकिएको भन्दै उपकुलपति बास्कोटाले भन्नुभयो– ‘कुलपतिले ताला खोल भन्ने, अनि गृहमन्त्रीले प्रहरीलाई निर्देशन नदिने रु यस्तो अवस्थामा कसरी ताला खोल्ने कसरी कार्यालय छिर्ने रु’

आवश्यकताका आधारमा सामान्य व्यक्तिलाई त सुरक्षा दिनुपर्ने अवस्थामा उपकुलपतिलाई असुरक्षा भयोभन्दा अहिलेसम्म वास्ता नगर्नु गम्भीर विषय भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘मलाई असुरक्षा भयो सुरक्षा पाउँ भनेर गृह सचिवलाई भन्दा त सुरक्षा पाइएन । ताला फोडेर भित्र जाँदा के हालत होला रु’

उहाँले पत्र पठाएरै सुरक्षा माग गर्नुभएको थियो । तर, हालसम्म उहाँलाई सुरक्षा दिइएको छैन

प्रकाशित मिति:September 4, 2022