लिङ्देनले दिए सांसदबाट राजीनामा

  Sampatti News Online

September 4, 2022

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेको छ । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने, मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।

प्रकाशित मिति:September 4, 2022