प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि छलफल

  Sampatti News Online

September 6, 2022

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेका छन् । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे।

सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रमक रुपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आवद्ध दललाई चुनौती दिँदै उनीहरुले गठबन्धनप्रति टिप्पणी गरे । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेको बताए ।

यसपछि संशोधन प्रस्ताव पेस गर्दै कांग्रेस सांसद प्रकाश रसाइलीले एमाले सांसदलाई जवाफ दिँदै भने, ‘मध्यराति संसद विघटन गर्ने, संसद चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?

आफूले गठबन्धन गर्दा पवित्र हुने र अरुले गर्दा अपवित्र हुने भन्दै एमाले सांसदलाई प्रश्न गर्दै उनले भने, ‘हिजो एमाले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर कांग्रेस एक्लै लडेको थियो । अहिले अरुले गठबन्धन गर्दा अपवित्र हुने रु’

कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति:September 6, 2022