करेन्ट लागेर एक जनाको मृत्यु

Nepal Cover
२१ भाद्र २०७९, मंगलवार
image

गुल्मी । धुर्कोट गाउँपालिका-४ जैसिथोकका ४२ वर्षीय मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

मंगलबार बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि दुईतला माथिबाट खसेर घाइते भएका उनको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएका छन्।