September 7, 2022
२२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बालिकालाई बलात्कार गरेको आरोप लागेका छन् । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको प्रहरीले जनाएका छन् ।
लामिछानेले एक १७ वर्षीया बालिकालाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको तथा भदौ ५ गतेकाठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको आरोप छ । प्रहरी उजुरी दिएकी ती किशोरीको स्वास्थ्य जाँचपछि प्रहरीको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।
लामिछाने भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।
मंगलबार नै नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगका आरोपित अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकोको थियो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।
प्रकाशित मिति:September 7, 2022
April 17, 2025
April 17, 2025