उच्च अदालतको न्यायाधीशको सर्ट लिस्टमा परेका यी ८१ जनाविरुद्ध उजुरी

  Sampatti News

September 7, 2022

२२ भदौ, काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिस्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेका छन् ।

परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिस्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो ।

उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुने गरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।

परिषद्ले सर्ट लिस्टमा परेका सबै ८१ जनाको नामावली पनि प्रकाशित गरेको छ । सर्ट लिस्टमा परेका मध्येबाट २७ जनाको नियुक्ति हुनेछ ।

सम्बन्धित समाचार स् उच्च अदालतका २७ न्यायाधीशका लागि सर्ट लिष्टमा ८१ जना

सम्बन्धित समाचार स् सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस

प्रकाशित मिति:September 7, 2022