September 19, 2022
३ असोज, काठमाडौं ।संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए । आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको उनले बताए ।
आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावले देश लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास रहेको छ ।
सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, का।म।पा। प्रमुख बालेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।
आज संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र शान्तिको प्रतीक परेवा उडाइएको थियो ।
प्रकाशित मिति:September 19, 2022
November 24, 2024