September 21, 2022
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी पदमा बस्नका लागि अयोग्य भएको बताएका छन् ।
संविधानअनुसार सपथ खाएको राष्ट्रपति संविधानको संरक्षक र पालक भएको भन्दै उनैबाट संविधान उलंघन भएपछि अब पदमा बसिरहनु उचित नहुने खनालको तर्क छ ।
“हाम्रो संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक भनेको छ । यो संविधानको रक्षा गर्ने दायित्व उहाँको थियो,” खनालले बाह्रखरीसँग भने, “तर, उहाँ आफैँले यो संविधान उल्लंघन गर्न थाल्नुभयो । सरकार र संसद्सँग प्रतिशोध साँध्न थाल्नुभयो । अब उहाँ पदमा बसिरहन योग्य हुनु हुन्न ।”
खनालले राष्ट्रपति आफैँले संविधान उल्लंघन गरिसकेपछि पहिलो कर्तव्य जिम्मेवारीबाट अलग हुनुपर्ने बताए ।
प्रकाशित मिति:September 21, 2022