शनिबार(भोली) बैंकहरु खुल्ला रहने

  Sampatti News

June 12, 2020

काठमाडौं । शनिबार (भोली) बैंकहरु खुल्ला रहने भएका छन् । सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक विदा र भोली शनिबार परेको भएपनि राष्ट्र बैंकले पुर्णकालिन रुपमा बैंक खुल्ला राख्न निर्देशन दिएको हो ।


क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको बताए । ढकालका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् ।

प्रकाशित मिति:June 12, 2020