डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

Nepal Cover
३० आश्विन २०७९, आईतवार
image

काठमाडौं–

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्।

अल्का अस्पतालमा कार्यरत डा रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्। डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने उनको भनाइ छ।

डा गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन्। डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी सतर्क रहन पनि सुझाव दिइन्।

डा गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम ९ज्वरो० भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरुको चाप बढेको बताइन्।

भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरु पाइरहेका छौँ। डेंगुका बिरामीको चाप धेरै छ। त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरु, कोभिडका पनि केही बिरामीहरु पनि हामीले भेटिरहेका छौँ’, उनले भनिन्।