June 18, 2020
काठमाडौं । नेपालको संविधान ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा उपस्थित रहेको शतप्रतिशत मतदान संविधान संसोधनको पक्षमा परेको जानकारी दिए। मतदानमा ५७ जनाको सांसदको उपस्थिति रहेको थियो। राष्ट्रिय सभामा कायम रहेका हाल ५८ सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने एक सांसद पद अहिले रिक्त छ ।
प्रतिनिधि सभाबाट जेठ ३१ गते नै सर्वसम्मतिले पारित भइसकेको उक्त विद्येयक राष्ट्रिय सभाबाट पनि दुई तिहाई बढी मतले पारित भएको हो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय सभाको आजको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा प्रस्तुत गरियोस् भन्ने प्रस्ताव पेश भई दफावार छलफलपछि मतदान भएको थियो।
राष्ट्रिय सभाबाट पारित भएको विधेयक अब प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ । त्यसपछि नेपालको नयाँ नक्सा सहितको निशान छापसम्बन्धी संविधान संशोधन विधेयकले संवैधानिक मान्यता प्राप्त गर्नेछ ।
प्रकाशित मिति:June 18, 2020
April 14, 2025
April 14, 2025