भारत सरकारको तर्फबाट सवारी साधन उपहार स्वरुप प्रदान

  Sampatti News Online

November 4, 2022

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारी साधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रुपमा यी ८० वटा सवारी साधन रहेका छन् ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सदियौं पुरानो र जनताजनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारी साधनको हस्तान्तरणले भारत र नेपाल बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

प्रकाशित मिति:November 4, 2022