राष्ट्रियसभा उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्वाचित

Nepal Cover
२३ चैत्र २०८२, सोमबार
image

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

सचिवालयले उपाध्यक्षका लागि आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्ट्याएको थियो ।

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल छन् । समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका सहप्रवक्ता कोइरालाले जानकारी दिए।

सचिवालयले उम्मेदवारीबारे जानकारी आइतबार अपरान्ह ४ बजे सूचना जारी गरेर प्रकशित गर्नेछ । निर्वाचित भएको घोषणा सोमबार सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा हुनेछ ।