पूर्व मन्त्री खड्काविरुद्ध ७ दिन म्याद थप

Nepal Cover
२२ चैत्र २०८२, आईतवार
image

काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। यसअघि काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।