अग्रवाल हाजिरी जमानीमा छुटे

Nepal Cover
२२ चैत्र २०८२, आईतवार
image

काठमाडौं । शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

सोही कसुरमा उनका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा छन् । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको र सुलभलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतसमक्ष १० दिनको म्याद मागिएको छ । 

विभागले शंकरलाललाई शुक्रबार पक्राउ गरेको थियो । उनी पक्राउपछि छोरासमेत रहेका जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ फरार भएकामा उनी पनि आइतबार समातिएका थिए । 

इन्फिनीटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट पक्राउ परेपछि उनीसँगै जोडिएका शंकास्पद कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शंकर ग्रुपका सञ्चालकहरु पनि तानिएका थिए ।विभागले यो प्रकरणको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।