एसियाको आर्थिक वृद्धिदर ०.१, ६० वर्ष यताकै न्यूनः एडीबी

  Sampatti News Online

June 18, 2020

काठमाडौं । चालु आर्थिक २०२० मा एसियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमात्रै हुने एसियाली विकास बैंकले अनुमान प्रक्षेपण गरेको छ ।

सियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक)को पूरक प्रकाशन सार्वजनिक गर्दै एडीबीले कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण आर्थिक गतिविधिहरुमा असर पर्नुका साथै बाह्य मागमा समेत कमी आएको तथ्यलाई दृष्टिगत गर्दै आर्थिक वृद्धिदर अनुमान संशोधन गरेको हो ।


एडीबीले नेपालको आर्थिक वृद्धिदर चालु आवमा २.३ प्रतिशत र आगामी आवमा ३.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।
कोरोनाको कारण आर्थिक वृद्धिदर सुस्त भएको विकास बैंकको दाबी छ । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जनाएको छ ।


एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर समेत सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ । एडिबीले सन् २०२० मा पूर्वी एसियाको वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने बताएको छ । यसअघि अप्रिलमा २.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो । यो क्षेत्रमा सन् २०२१ देखि रिकभर हुने अनुमान बैंकले गरेको छ ।

एडिबीले दक्षिण एसियाको वृद्धिदर पनि सन् २०२० मा ३ प्रतिशको वृद्धि हुने अनुमान गरेको छ । यसअघि अप्रिलमा ४.१ प्रतिशतको वृद्धिदर हुने अुनमान थियो ।
साथै यो वर्ष दक्षिण पूर्वी एसियामा २.७ र सेन्ट्रल एसियामा ०.५ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण गरेको हो ।


यद्यपि, यो आर्थिक वृद्धिदर अहिलेको संकट सुरु हुँदैगर्दा पूर्वाद्र्धतिरको अनुमान थियो ।
पछिल्लो चरणमा औद्योगिकरण भएका हङकङ, चीन, कोरिया, सिंगापुर, ताइपेइ, चीनलाई छाडेर विकासशील एसियाको आर्थिक वृद्धिदर सन् २०२० मा ०.४ प्रतिशत र आगामी वर्ष ६.६ प्रतिशत हुनेछ ।


एसियाली विकास बैंकको परिदृश्यले जोखिमको सम्भाव्यतालाई भने नकारेको छैन । कोभिड–१९ को प्रकोपले बहुपक्षीय प्रभाव पारेका कारण देशहरुको ऋण र वित्तिय संकटलाई टार्न नसकिने उल्लेख गरिएको छ । यसका साथै अमेरिका र चीनबीच व्यापारमा टकराव थप गहिरिने सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति:June 18, 2020