२०२७ काे यु-१९ महिला विश्वकप नेपालमा

  Sampatti News

November 13, 2022

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सह-आयोजक बनाएको छ ।

आइसिसीले २०२७ मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।

त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पुर्‍याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

प्रकाशित मिति:November 13, 2022