थप १० जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
९ मंसिर २०७९, शुक्रबार
image

काठमाडौं, ९ मंसिर । देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ३८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३२७ रहेको छ।