मधेसको सिटिभिटी लथालिङ्ग
रकम लेनदेनमा कर्मचारीभर्ना

  Sampatti News Online

December 4, 2022

काठमाडौ ।शीप सिकाउने प्राबिधिक दक्ष नागरिक उत्पादन गराउने उद्देश्य बोकेको सिटिभिटी मधेस प्रदेश आफै अलमलमा परेको मात्रै छैन केन्द्रका घोषित कार्यक्रम बिरुद्ध नै लागिपरेकाे अराेप छ्न्।
प्रदेश भित्र आएका कार्यक्रममा रजाइँ गर्ने प्रदेश प्रमुख नागेन्द्र साहको नाङ्गो नाचले सेवाग्राहीहरु आजित भएका छ्न।
केन्द्रमाआधा दर्जनको संख्यामा सहसचिव स्तरका कर्मचारीलाई थन्क्याएर कनिष्ठलाई प्रदेश प्रमुख साह बनाइए पछि सस्थाको उदेश्य प्राप्ति गराउनु भन्दा उनको कमिसन मोहले मधेस प्रदेशको सिटिभिटीका कार्यक्रम उपयोग बिहिन बन्दै जानुको जिम्मा उनलाई त्यो स्थानमा जिम्मेवारी दिनेले लिने कि नलिने प्रश्न उठेको छ।
प्राप्त जानकारी अनुसार मापदण्ड बिपरित बनाइएका प्रदेश प्रमुख साहले आचारसंहिता बिपरित आपनो श्रीमती बबिता कुमारी साह सिरहाका उपमेयरको राजनीतिलाई सहयोग पुर्याउने काम गर्नु र कार्यक्रम दिएका बिधालय सग अग्रिम कमिसन दबाब दिएर माग्नु बाहेक केही गर्न नसकेको कार्यक्रम लागु भएको एक बिधालयका प्रमुखले सम्पत्ति न्युज लाई बताए। यसैगरी मधेश प्रदेशमा संचालित छोटो अवधिको निशुल्क तालिममा समेत आङ्गिक शिक्षालयको प्रमुख तथा करार सेवाको लेखापालहरु लाई १५% कमिसन विभिन्न दबाब दिएर लिएको बुझिएको छ ।
त्यस्तै सामुदायिक बिध्यालयमा प्राविधिक शिक्षाका लागि र साझेदारीमा संचालित प्राबिधिक शिक्षा कार्यक्रमको वृद्धि बिकास गर्न आएको अनुदान रकममा समेत १०% कमिसनका निम्ति गिद्दे नजर आउने साहले किस्ता बन्दी गरि दुई चरणमा भुक्तानी गर्ने गरे लिने गरेको जानकारी प्राप्त भएको छ । विभिन्न शैक्षिकसत्रहरुको स्वास्थ्य कार्यक्रमको छात्रवृत्ति भर्ना समेत व्यापक रूपमा आर्थिक चलखेल गरेर भर्ना गर्ने गराउने गरेको प्रमुखको मनपरितन्त्रले सिमा नागेपछी नेपाल बिद्यार्थी संघले बिज्ञपति नै निकालेर बिरोध गर्दै ध्यानाकर्षण गराउनु परेको थियो।
यो बिरोध अब नागरिक समाजको तहमा पुग्ने भएको छ। नागरिक समाजले मधेस प्रदेश स्थापना भएदेखि नै यहाँ भित्रका बेथितिको पुर्णतः अनुसन्धान गराउन माग गर्ने भएको समेत बुझिएको छ।
प्रदेश प्रमुख साह आफ्नो कुर्सी बलियो बनाउन कार्यालयमा समय दिनु भन्दा पनि विभिन्न शक्ति केन्द्रहरुमा मिठाइ बोकेर पुग्ने गरेको समाचार श्रोताले बताउछ।
कुर्सीलाई बलियो बनाउन उनी चुनाब प्रचारप्रसार लागेर आफनो कर्तुत ढाकछोपमा लागेको आरोप समेत उनलाई लागेको छ।


भर्खर कर्मचारी मागिएको कोटामा समेत रकम असुलेर परिक्षाको नतिजा निकालेको सन्दर्भले यतिबेला मधेस प्रदेश भित्र सिटिभिटीको बिरोध गर्ने स्वर भुसको आगो जस्तो बन्न पुगेको छ।प्राप्त जानकारी अनुसार प्रमुख साहले करार नियुक्तिमा आफन्त र लेनदेनमा मात्र दर्जनौं लाई परिक्षामा पास गराएपछि यस्तै गर्नु थियो भने परिक्षाको नाटक किन गरियो परिक्षामा सामेलहुनेहरुले आक्रोश व्यक्त गरेका मात्रै छैनन अब आफुले लेखेका कापि सार्वजनिक गराइदिन र न्याय दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारीमा रहेको बुझिएको छ।
केन्द्रमा सहसचिव स्तरीय कर्मचारी हुदाहुदै चरित्र हिन भ्रस्टाचारमा लिप्त साह लाइ जिम्मेवारी दिएर पठाउनु नै लुटन पठाए जस्तो उनले गरिरहदा सुशासनको प्रत्याभूत गराउने निकायले के गरिरहेको छ मधेसका बुद्धिजीवी सामु याे प्रश्नले खैलाबैला मच्चिएको छ । यस सन्दर्भमा प्रदेश प्रमुख साहले प्रतिक्रिया दिदै भन्नुभयो समाचारमा आए जस्तो सबैकुरामा सत्यता नभएको बताउनु भएको छ।

प्रकाशित मिति:December 4, 2022