ट्विटर प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

Nepal Cover
६ पुष २०७९, बुधबार
image

इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उक्त पदका लागि ” योग्य मूर्ख” व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने उनको भनाइ छ।

यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए। तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए ।