पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

Nepal Cover
१४ पुष २०७९, बिहीबार
image

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोउलोसेलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

टोउलोसेको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले निर्णायक गोल गरे  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा एमबाप्पेले निर्णायक गोल गरे।

जितसंगै पीएसजी लिगको उपाधि नजिक पुगेको छ । पीएसजीले लिगमा २० अंकको अग्रता समेत कायम गरेको छ ।

पीएसजीले २९ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ६० अंक रहेको छ । पराजित टोउलोसे ३२ अंकसहित १४ औं स्थानमा रहेको छ ।