कोटाभन्दा कम शिक्षक सिफारिस

  Sampatti News Online

January 5, 2023

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेका थिए तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् । 

निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ ।  सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ । 

यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो । मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।

प्रकाशित मिति:January 5, 2023