राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्य योजना बनाउँदै

  Sampatti News Online

January 26, 2023

काठमाडौँ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्य योजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।

विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताइन्।

उनले भनिन्,’सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भिड घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्य योजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ।’

कार्य योजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ।

राहदानी विभागमा अबका दुईरतीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ। विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।

प्रकाशित मिति:January 26, 2023