राष्ट्रिय सभाको बैठक आज बस्दै

  Sampatti News Online

January 27, 2023

काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुक्रबार अपराह्न ४ बजे बस्दैछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक-२०७९ लाई दफावार छलफलका लागि पेश गर्ने कार्यसूची छ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन्।

प्रकाशित मिति:January 27, 2023