जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगतकाे धनुषा जिल्ला प्रहरी कार्यालयले स्राेत नखुलेकाे लगभग चाैबिस लाख नगद बरामद गरेकाे छ । भारतीय नागरिक अब्दुल समी, १९ वर्ष (अन्दाजी)काे भारतकाे मधुबनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९ बसाेवास गर्ने नेपाली नगद रू.२३,८९,४८०।–(तेईस लाख उनानन्बे हजार चार सय असी)सहित प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।