February 3, 2023
काठमाडौ । ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समय सूचना प्रविधिको अधिकतम प्रयोग गरि सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न र सुशासनमा जोड दिनुपर्ने माग जनस्तरमा उठिरहेको अवस्थामा तराई विकास तथा सञ्चार केन्द्र नेपालले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सूचना प्रविधिको प्रयोग गर्दै पेपरलेस सेवा प्रवाह आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सके सेल्फ सर्भिस गर्न सकिने, खर्चमा कमी आउने र तत्काल नतिजा हेर्न सकिने बताउनुभयो ।
मुख्यसचिव वैरागीले सूचना प्रविधिको प्रयोगमा सुरक्षा चुनौती रहेको बताउनुभयो । ‘आइसीटीको सही प्रयोग हुनु आवश्यक छ, त्यसलाई सही ढँगले प्रयोग गर्न नसके यसले समस्या उत्पन्न गर्दछ त्यसैले सूचना प्रविधिको सही प्रयोग र सही काममा प्रयोग गरौं ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आइसीटीको प्रयोग र इ–गभर्नेन्सबाट समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले सूचना प्रविधिलाई औद्योगिकीकरणतर्फ लैजाने योजना राष्ट्रिय योजना आयोगको रहेको र सोही अनुसार काम अगाडि बढाएको जानकारी गराउनुभयो ।
उहाँले सरकारी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिँदै भन्नुभयो, ‘सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका लागि आईपर्ने समस्याहरु पहिचान गरेर समाधान गर्दै प्रविधिमैत्री सेवा प्रवाह आवश्यक छ ।’
कार्यक्रममा अर्थ सचिव तोयम रायले सूचना प्रविधि मन्त्रालय एउटै बनाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले सूचना प्रविधि प्रणाली एकीकृत हुन नसक्दा गुणस्तरीय सेवा प्रवाहमा हुन नसकेको बताउनुभयो । आइसिटी सम्बन्धी दक्ष जनशक्ति विदेश पलायन हुँदा पनि गुणस्तरीय सेवा प्रवाहमा अवरोध पुगेको बताउनुभयो ।कार्यक्रममा कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले सूचना प्रविधिमैत्री कानुनहरु निर्माण भएको बताउनुभयो ।
त्यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव दामोदर रेग्मीले मन्त्रालय मातहत रहेका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाइएको जिकिर गर्नुभयो । उहाँले मालपोत कार्यालयमा बुझाउने राजस्व घरैबाट तिर्न सकिने व्यवस्था गरिएको बताउँदै घरजग्गा सम्बन्धी १ करोड ५० लाख विवरण कम्युटर सिस्टममा राख्न लागिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, महालेखा परीक्षक कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्ले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डुण्डुराज घिमिरे, दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, विद्युतीय सुशासन आयोगका इ. दिपेश विष्ट, जिल्ला प्रशासन कार्यालयका प्रजिअ घनश्याम उपाध्याय, उद्योग विभागका महानिर्देशक, रामचन्द्र तिवारी,सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ सहित सबै मन्त्रालयका सुचना प्रबिधि निर्देशकहरु सूचना अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका मीनप्रसाद अर्यालले नेपालमा दुरसञ्चार/सूचना प्रविधि प्रयोगको अवस्था तथा सुशासनमा परेको प्रभाव विषयमा पेपर प्रस्तुत गर्नुभएको थियो ।
भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रविधिको प्रयोग र सुशासनका निम्ति अख्तियारले प्रविधि प्रयोग गर्न गरेका पहलकदमी र प्रयोगमा ल्याएका सेवा प्रवाहका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी आन्तरिक राजस्व विभागका सहसचिव रमेश शर्मा पौडेलले सर्वरमा समस्या आउनुको कारणबारे प्रकाश पार्नुभएको थियो सर्वोच्च अदालतका प्रबक्ता बिमल पौडेल साइबर ब्युरोका प्रहरी उपरीक्षक, पशुपती रे नेपाल राष्ट्र बैकका निर्देशक बुध्दराज शर्मा, सहित प्राडा सन्जिब पाण्डे ले सुचना प्रबिधि प्रयोगका बारेमा महत्त्वपूर्ण सुझाव राख्नुभएको थियो।
कार्यक्रम तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंको अध्यक्षतामा भएको थियो भने नेपाल दूर संचार प्राधिकरणको र राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभाग को सहकार्यमा भएको थियो।
प्रकाशित मिति:February 3, 2023
April 1, 2025
April 1, 2025