February 13, 2023
काठमाडौँ । स्थानीय तहमा अस्पताल निमार्णका लागि २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती परियोजना प्रतिवेदन स्वीकृत गरेको हो । मन्त्रालयले स्थानीय तहको पाँच, दश र पन्ध्र शय्याका अस्पतालमध्ये हालसम्म २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको हो ।
आइतबार सार्वजनिक आर्थिक वर्ष २०७९–८० को बजेटको अर्धवार्षिक समीक्षामा ४ सय स्थानीय तहमा अस्पताल निर्माणका लागि रकम निकासा गरिएको उल्लेख छ । त्यस्तै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशमा २४ जना चिकित्सकहरूका लागि विभिन्न विषयमा क्लिनिकल अपडेट कार्यक्रम सम्पन्न गरिएको उल्लेख छ ।
उता, सातै प्रदेशका ३३० जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको पनि प्रतिवेदनमा उल्लेख छ भने ११२ जनालाई निःशुल्क मृगौला प्रत्यारोपण गरिएको जनाइएको छ । बाँके र सिरहा सक्रिय विधिबाट कुष्ठरोग परीक्षण गर्दा २७ जना नयाँ बिरामी पत्ता लागेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति:February 13, 2023
November 23, 2024