दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

Nepal Cover
५ फाल्गुन २०७९, शुक्रबार
image

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदशर्नमा नेपालले सक्टल्याण्डलाई पराजित गरेको हो।

नेपालको जितका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ११६ बलको सामना गर्दै ८५ रनको योगदान गरे। त्यस्तै कुशल मल्लले ६७ बलमा ८१ रनको पालि खेले।

टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ३ ओभर बाँकी छदै ३ विकेटले पराजित गरेको हो।

नेपालका लागि कप्तान सन्दीप लामिछाने ३ विकेट लिदाँ कुशल मल्लले २ विकेट लिए। यस्तै दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले १ विकेट लिए।