February 21, 2023
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि होला ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्ने र लाभ हुनेछ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुराले मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा निरास र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन पनि सक्छ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन पनि खर्च हुनसक्छ ।
प्रकाशित मिति:February 21, 2023
November 22, 2024