लोकसेवा तयारी बारे:- केही उपयोगी सुझाबहरु ?

  Sampatti News Online

February 22, 2023

काठमाडाै । लोक सेवा आयोग अन्तिम गन्तव्य भन्दा पनि एउटा प्रकिया हो । लोक सेवा आयोगको परिक्षा उत्तिर्ण गरेर निजामति सेवामा प्रवेश गर्न सकिन्छ र देश र समाजको सेवा गर्ने एउटा सुनौलो अवसर हो । लोक सेवा परीक्षामा कुनै पनि विश्वव्यापी शूत्र हुदैन । आफ्नो तरिका हुन्छ र आफुलाई सहज हुने ढङ्गले नै लोक सेवा परिक्षाको तयारी गर्न सकिन्छ ।
केही उपयोगी सुझाबहरु,
लोक सेवा आयोगमा विभिन्न विषय बस्तुहरुमा प्रश्नहरु सोधिने गरिन्छ । धेरै wide coverage हुन्छ प्रश्नहरुको । त्यसैले गर्दा परिक्षार्थीहरुले सुरुमा चाहि contain familiarization भनिन्छ । contain familiarization भनेको त्यो विषयमा कस्तो खालको ज्ञान लिने,एउटा अवधारणाको स्पष्टता हुन आवश्यक छ । लोक सेवा आयोगले बिगतको समयदेखि प्रश्नहरु बनाउँदा र प्रश्नहरु सोध्दा खेरी डाटा सम्झने भन्दा पनि अवधारणाको स्पष्टता हुनु आवश्यक छ ।

दोश्रो समय व्यवस्थापन लोक सेवाको लिखित परीक्षा लेख्दा होस् वा तयारी गर्दा होस् समय व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ । कसैलाई बिहान पढ्दा सहज हुन्छ, कसैलाई दिउँसो पढ्दा, कसैलाई राति पढ्दा सहज हुन्छ । एउटा समय तालिका बनाएर त्यस विषयलाई ध्यान दिएर पढ्नुपर्ने हुन्छ ।

यस्तै समकालीन विषयबस्तु एकदमै महत्वपूर्ण छ । समकालिन विषयबस्तुमा आफू बस्ने समाज र देशमा भईरहेका घटनाहरुको जानकारी हुन जरुरी छ । लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने शुरुवाती दिनमा हुनुहुन्छ भने एउटा डायरी बनाउनुहोस र त्यस डायरीमा दैनिक घटेका घटनाहरु र समाजमा देखिएका राजनीतिक मुद्धा,आर्थिक मुद्धा र देश तथा विदेशमा भएका महत्वपूण लाग्ने मुद्धाहरु टिप्नुहोस् । पछिको दिनमा तपाईलाई परिक्षाको बेला त्यसलाई संशोधन डायरीको रुपमा लिनसक्नु हुन्छ ।

लोक सेवा आयोगको परीक्षा बिशेष गरेर प्रश्नहरु विश्लेषणात्मक प्रश्नहरु सोधिने गरिन्छ । त्यसैले तयारी गर्दा फेरी कनै पनि विषयलाई बिभिन्न आयामबाट हेनुपर्ने महत्वपूर्ण हुन्छ । अन्तरवार्तासम्म तयारी गर्दा  एउटा कुनै पनि विषयलाई चार वटा आयाममा र्हेन सक्नुपर्दछ, राजनीतिक, सामाजिकका अलवा आर्थिक र वातावरणीय आयामबाट ।

भाषा– लोक सेवा आयोगको परीक्षा दिँदा विभिन्न स्थानिक पृष्ठभूमिबाट आएका हुन्छौ । विभिन्न भाषाबाट आएका हुन्छौ, कोही नेपाली मध्यमबाट आएका र कोही अङ्गगे्रजी मध्यमबाट आएका हुन्छौ । भाषा धेरै गाह्रो हुदैन किनकि यो सब हाम्रो बुझाइमा भर पर्छ र लेख्दा खेरी जुन विषयमा दखल छ त्यही भाषा प्रयोग गर्दा राम्रो हुन्छ । अहिले त मिक्स भाषा पनि प्रयोग गर्न सकिन्छ । दुबै भाषा प्रयोग गर्न सकिन्छ । भाषा भनेको माध्यमिक पक्ष हो र केही केही यस्तो श्रोत सामाग्री हुन्छन् जसलाई अनिवार्य रुपमा आफुसँगै राख्नु पर्ने हुन्छ र अध्ययन गर्दा खेरी सधै सँगै राख्नुपर्छ । महत्वपूण नेपालको संविधान आद्यवद्यिक योजनाहरु ऐन नियम वा नियमावलीहरु हेरिरहनु पर्ने हुन्छ । इन्टरनेटको प्रयोग गरेर हामीले विभिन्न मन्त्रालयहरुको सूचना र नियमहरु लिन सक्छौं ।

कुनै पनि विषय पढ्दा त्यसलाई इन्टरलिंक गरेर पढनु पर्छ । उदाहरणका लागि : नागरिक चेतना भन्ने विषय छ । यो पढ्दै गर्दा खेरी सूचनाको हक सम्बधित जानकारी लिनु पर्छ । त्यसैगरी योजनामा नागरिक चेतनाको कस्तो खालको प्लेटफर्म दिएको छ र कसरी लिंक गर्न सकिन्छ भनेर तयारी गर्नु उचित हुन्छ ।

प्रकाशित मिति:February 22, 2023