४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

  Sampatti News Online

March 21, 2023

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १७ गतेदेखि सुरु हुँदै छ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्।

कक्षा १० को एसइई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्। साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ। सङ्घीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो। तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ।

प्रकाशित मिति:March 21, 2023