फेरि बढ्न थाल्यो कोरोना संक्रमण

Nepal Cover
१३ चैत्र २०७९, सोमबार
image

काठमाडौं- नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ।  पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर बिधिबाट परीक्षण गर्दा पुष्टि भएको हो।