निर्वाचन आयोगमा नेकपा एमाले नामक नयाँ दल दर्ता

Nepal Cover
१६ असार २०७७, मंगलवार
image

काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ। आइतबार नयाँ पार्टी नेकपा एमाले दर्ताको लागि निर्वाचन आयोगमा आवेदन परेको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन परेको हो। दल दर्ता कार्यमा नेकपाका नेता तथा कार्यकर्ताको संलग्नता रहे÷नरहेको अनुसन्धान भइरहेको प्रवत्ता श्रेष्ठले बताए।

उक्त विषयबारे जारी नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो। आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको होरु भन्दै प्रश्न गरेका थिए।

प्रचण्डको प्रश्नमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने जवाफ दिएका थिए।