बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

  Sampatti News Online

April 11, 2023

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वतीलाई बोलाएर आफैंसँग राखेका थिए । तर, पार्वतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् ।

प्रकाशित मिति:April 11, 2023