रौतहटका चार औषधि पसल सिलबन्दी

  Sampatti News Online

April 11, 2023

रौतहट। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ४ औषधि पसललाइ सिलबन्दी गरेको हो।

शाखाले जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालयको सहयोगमा औषधि पसलहरु सिल गरेको हो। महादेव सेन्ट्रल हस्पिटलको फार्मेसी, शान्ति सेन्ट्रल हस्पिटलको फार्मेसी, श्री मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल फार्मेसी सिल गरिएको प्रहरीले जानकारी दिएको छ।

दर्ता नगरी संचालन गरेको, दर्ता नभएको औषधिहरु संचय गरेको,  रद्द भइ सकेको फार्मेसीको नामबाट कारोबार गरेको पाइएपछि पसल सिल गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:April 11, 2023