विश्वविद्यालय विधेयकबाट सरकार पछि हट्दैन :मन्त्री राई

  Sampatti News Online

April 13, 2023

काठमाडाै‌ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताएकाे छ । 

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयकलाई पारित गर्नुपर्ने बताएका हुन् । उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे । 

उनले नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रुपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्ने बताए । उनले विधेयक अगाडी बढाउँदा कार्यान्वयन हुनेगरी गर्नुपर्ने बताए । आगामी दिनमा कुनै त्रुटी र कमी नहुनेगरी विधेयकलाई अगाडि बढाउनुपर्नेमा उनको जोड छ । 

मन्त्री राईले नेपाल विश्वविद्यालयलाई नमूना विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी सोच्नुपर्ने बताए । उनले विश्वविद्यालयलाई बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुलाई आग्रह गरे । 

प्रकाशित मिति:April 13, 2023