थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News Online

April 13, 2023

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४१ जनामा पिसिआर परिक्षण गर्दा ६४ जना र ९४७ जनामा एन्टीजेन परिक्षण गर्दा ४२ जना गरी जम्मा १४८८ नमुनाको परीक्षण गर्दा १०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना जितेर निको भएका छन् ।

हाल देशभर ४३५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा २७ जना, आईसीयुमा १२ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।

प्रकाशित मिति:April 13, 2023