काठमाडौँ । सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन्।
चैत २८ गते बसेको बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूहको तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) २ मा नियुक्ति गरी पदस्थापन गर्ने लगायत १४ निर्णय गरेको हो ।
