राष्ट्र सेवा सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित !

  Sampatti News Online

April 15, 2023

काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ `राष्ट्र सेवा सम्मान २०७९´ बाट सम्मानित हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत एवं सफल उद्यमी उर्मिला श्रेष्ठ ‘राष्ट्र सेवा सम्मान २०७९’ बाट सम्मानित हुनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट उहाँ सम्मानित हुनुभएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार तथा गायक शम्भुजीत बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा समाजसेवी डा.सुशीला मल्लले संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गर्नुभएको थियो ।

महिलाहरुको हकहितका लागि सदैव लागिरहने, महिलाहरुलाई उद्यमी बन्न हौसला प्रदान गरिरहने श्रेष्ठले देशकै नमूना सार्वजनिक–निजी साझेदारीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सफल नेतृत्व गर्दै आउनुभएको छ ।

प्रकाशित मिति:April 15, 2023